Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री भट्टराईसँग छलफल


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले बिहीबार पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग छलफल गरेको छ।

संविधान संशोधनसम्बन्धी बहस पत्र तयार गर्ने उद्देश्यसहित गठन गरिएको कार्यदलको टोली संयोजक शाहसहित भट्टराई निवास पुगेको थियो।

भेटका क्रममा संविधान संशोधनका सम्भावित विषय, राजनीतिक प्रणाली, राज्य संरचना तथा समसामयिक संवैधानिक सवालबारे विचार आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट