Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

अन्तिम समयमा सकारात्मक नेप्से, कारोबार रकम ४ अर्ब ५३ करोड


काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सकारात्मक भएर बन्द भएको छ। कारोबारको अधिकांश समय नकारात्मक रहेको नेप्से, अन्तिम समयमा भने सकारात्मक रहेर बन्द भएको हो।

शुक्रबार नेप्से परिसूचक १.६३ अंक बढेर २७०२.११ विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ३ अर्ब ४१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५३ स्टकको ६१ हजार १७० पटकको कारोबारमा ४ अर्ब ५३ करोड ४९ लाख ८३ हजार रुपैयाँबराबरको १ करोड ९ लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन बाँकी अरु उपसमूहका परिसूचक पनि सामान्य घटेको हो।

कारोबार रकमका आधारमा यस दिन ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चर २०८६र८७ शीर्ष स्थानमा रहेको छ। यस दिन सो स्टकको ३३ करोड ११ लाख २२ हजार रुपैयाँबराबरको ऋणपत्र कारोबार भएको छ। त्यस्तै, यस दिन ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८४र८५ को कारोबार रकम साढे ३२ करोड रुपैयाँ नाघेको छ भने सोपान फर्मास्यूटिकल्सको २० करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

यस दिन एपोलो हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लागेको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ११९ रुपैयाँ ४० पैसा बढेर ९१६ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन सोपान फर्मास्यूटिकल्सको शेयरमूल्य १४ प्रतिशत बढेको छ भने सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशत बढेको छ।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट