Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

रास्वपाले सार्वजनिक गर्यो महाधिवेशन प्रतिनिधिको प्रारम्भिक सूची


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले मधेस प्रदेशबाहेक अन्य सबै प्रदेशका प्रतिनिधिहरूको सूची सार्वजनिक गर्दै दाबी–विरोधका लागि निर्धारित समयसीमा समेत तोकेको जनाएको छ।

सार्वजनिक विवरणअनुसार बागमती प्रदेशबाट सबैभन्दा बढी ७४४ जना प्रतिनिधि चयन भएका छन्। यस्तै लुम्बिनीबाट ६३६, सुदूरपश्चिमबाट ५५०, गण्डकीबाट ४७७, कोशीबाट ३९३ र कर्णालीबाट ३४३ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन्।

मधेस प्रदेशका प्रतिनिधिहरूको संख्या भने हालसम्म सार्वजनिक गरिएको छैन। रास्वपाका अनुसार देशभरबाट कुल ४ हजार २११ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्।

https://drive.google.com/file/d/1gjafyQ53ATMPINavJetVrtc85MDGe_mB/view?usp=sharing


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट