लिङ्देन महाधिवेशनमा सहभागी हुन पुगे, राप्रपाको राष्ट्रिय भेला तातियो
चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन पार्टीको महाधिवेशनमा सहभागी हुन चितवन पुगेका छन्।
पार्टीको संगठनात्मक भविष्य र आगामी राजनीतिक रणनीति तय गर्ने उद्देश्यले जारी महाधिवेशनमा अध्यक्ष लिङ्देनको आगमनसँगै कार्यक्रम स्थलमा राजनीतिक सरगर्मी थपिएको छ।
महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरूको उपस्थिति रहेको छ। पार्टी नेतृत्वले संगठन सुदृढीकरण, नीति पुनरावलोकन तथा आगामी निर्वाचन रणनीतिबारे विस्तृत छलफल गर्ने जनाएको छ।
महाधिवेशनलाई राप्रपाको आगामी राजनीतिक दिशा निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया