Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन


काठमाडौं । रास्वपाको महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन शाह चितवन पुगेका छन् । उनी केहीबेरअघि भरतपुर विमानस्थलमा उत्रेका हुन् । उनी परिवारसहित त्यहाँ पुगेका हुन् ।

उनी विमानस्थलबाट छोरी बोकेर बाहिरिएका थिए । रास्वपाको महाधिवेशन उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहले संयुक्त रुपमा उदघाटन गर्ने कार्यक्रम छ । आज अपराह्न हुने उदघाटन समारोहमा विभिन्न दलका नेताहरूले शुभकामना दिनेछन् ।

प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चितवनतर्फ प्रस्थान गरेका हुन्।  जहाजमा सवार रहेका यात्रुहरूलाई फोटो तथा भिडिओ खिच्न रोक लगाइएको छ। कांग्रेस सभापति गगन थापा पनि महाधिवेशनमा सहभागी हुन चितवन जाँदैछन् । यही जहाजमा राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देन पनि चितवन जाँदैछन्।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट