Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

रवि र बालेनले घण्टी बजाएर सुरु भयो रास्वपा महाधिवेशनको उद्घाटन सत्र


काठमाडौं । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु भएको छ । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन सत्र सुरु गरेका हुन् ।

चितवनमा आयोजित उद्घाटन समारोहमा सहभागी अतिथिहरूले सामूहिक रूपमा घण्टी बजाएर महाधिवेशनको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा सभापति लामिछाने र प्रधानमन्त्री शाहसँगै अन्य विशिष्ट अतिथिहरू पनि सहभागी थिए ।

समारोहका क्रममा प्रधानमन्त्री शाहले नेपाली कांग्रेसका सभापति गगन थापालाई घण्टी हस्तान्तरण गर्दा महाधिवेशनस्थलमा उपस्थित प्रतिनिधि तथा सहभागीहरूले गड्गडाहट ताली बजाएर स्वागत गरेका थिए ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयनका साथै आगामी राजनीतिक कार्यदिशा र संगठनात्मक संरचनाबारे महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ । महाधिवेशनमा देशभरबाट प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकहरूको सहभागिता रहेको छ ।

महाधिवेशनको उद्घाटन सत्र महामन्त्री कबिन्द्र बुर्लाकोटीले सञ्चालन गरेका छन् । रास्वपा महाधिवेशन आजबाट तीन दिनसम्म चल्नेछ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट