कतार ग्यास प्लाण्टमा विस्फोट, १८ श्रमिक बेपत्ता
काठमाडौं । कतारको रास लफान औद्योगिक क्षेत्रमा रहेको बार्जान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटमा १८ जना श्रमिक बेपत्ता र ५४ जना घाइते भएका छन्। त्यहाँको आन्तरिक मन्त्रालयले बेपत्ताहरूको खोजीका लागि विशेष उद्धार अभियान सञ्चालन गरिएको जनाएको छ।
हिजो साँझ विस्फोटपछि भएको आगलागीमा परेका घाइते र बेपत्ताको राष्ट्रियता तथा परिचयसार्वजनिक गरिएको छैन। कतारको ऊर्जा कम्पनी कतार इनर्जीले घटनालाई प्राविधिक दुर्घटना भनेको छ। कम्पनीका अनुसार आपत्कालीन टोलीले तत्काल आगो नियन्त्रणमा लिएको र अहिले अवस्था नियन्त्रणमा आइसकेको छ।
रास लफान कतारको मुख्य एलएनजी (तरलीकृत प्राकृतिक ग्यास) प्रशोधन केन्द्र हो। केही महिनाअघि सो क्षेत्रका ऊर्जा पूर्वाधारहरू अमेरिका–इजरायल–इरान द्वन्द्वका क्रममा क्षतिग्रस्त भएका थिए । पुनः सञ्चालनको क्रममा हिजो विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
रास लफान क्षेत्रमा नेपाली, भारतीय तथा बंगलादेशी श्रमिकहरू ठूलो संख्यामा कार्यरत छन्। घटनामा नेपाली श्रमिक परे–नपरेकोबारे अहिलेसम्म आधिकारिक जानकारी दिइएको छैन ।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया