रास्वपा महाधिवेशनको बन्द सत्र अझै सुरु भएन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत बन्द सत्रका कार्यक्रम केही ढिला हुने भएको छ। बन्द सत्रको अन्तिम समयसम्म पनि प्रतिनिधि संख्या टुंगो लगाउन नसक्दा महाधिवेशनको बन्द सत्र ढिलाइ हुने भएको हो । बिहान साढे ८ बजेदेखि बन्द सत्र सुरू गर्ने तालिका थियो ।
निर्वाचन समितिले आइतबार सार्वजनिक गरेको ४ हजार प्रतिनिधिहरूको प्रारम्भिक नामावलीमा धेरै त्रुटि भेटिएकाले सच्याउने र रुजु गर्नुपर्दा समय लागेको बताइएको छ । महाधिवेशन प्रतिनिधिहरूले त्रुटि सच्चाउन निवेदन दिनुपर्ने प्रावधान छ । मधेश प्रदेश लगायतका प्रदेशको अधिवेशन ढिला भएको र प्रतिनिधि पठाउन ढिलाइ भएका कारण टुंगिन बाँकी रहेको बताइएको छ ।
आजको बन्दसत्रमा सभापति रवि लामिछानेसहित नेताहरूले विभिन्न प्रतिवेदनहरू प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । जसमा अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले अनुशासन सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन् भने कोषाध्यक्ष लिमा अधिकारीले वित्तीय प्रतिवेदन प्रस्तुत गर्ने तालिका रहेको छ ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया