Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

अमेरिका र इरान सहमतिले घट्यो कच्चा तेलको मूल्य


काठमाडौं । अमेरिका र इरानबीच स्विट्जरल्याण्डमा सम्पन्न पहिलो चरणको उच्चस्तरीय वार्तापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । इरानले आफ्नो कच्चा तेल र पेट्रोकेमिकल निर्यातका लागि अमेरिकी प्रतिबन्धहरूमा छुट प्राप्त गरेको दाबी गरेसँगै विश्व बजारमा तेल आपूर्तिको अभाव हुने चिन्ता कम हुँदा मूल्य ओरालो लागेको हो ।

सोमबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल १.५३ डलर अर्थात् १.९० प्रतिशतले घटेर ७९.०४ डलरमा ओर्लिएको छ । यसअघि सोमबार बजार खुल्नेवित्तिकै ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ८२.३० डलरसम्म पुगेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः युद्ध शुरू गर्ने दिएको धम्की र इरानले हर्मुज जलमार्ग फेरि बन्द गर्ने घोषणा गरेपछि बजारको शुरूआती कारोबारमा तेलको मूल्य ह्वात्तै बढेको थियो ।

गत अप्रिलदेखि जारी कमजोर युद्धविरामलाई कम्तीमा थप ६० दिनसम्म लम्ब्याउने गरी गत हप्ता भएको प्रारम्भिक समझदारी पत्रको सर्तअनुसार आइतबार र सोमबार स्विट्जरल्याण्डमा उच्चस्तरीय वार्ता भएको थियो । मध्यस्थकर्ताहरूका अनुसार दुवै देशका उच्च अधिकारीहरूले सोमबार पहिलो चरणको वार्ता सफलतापूर्वक सम्पन्न गरेका छन् ।

इरानले अन्तरिम शान्ति सम्झौतालाई अमेरिका र इजरायलले उल्लङ्घन गरेको आरोप लगाउँदै सो जलमार्ग पुनः बन्द गर्ने घोषणा गरेपछि यो स्थिति सिर्जना भएको थियो ।

 


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट