Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ४ अर्ब ४४ करोड


काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से सामान्य अंक नकारात्मक भएर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार सामान्य अंक सकारात्मक भएर बन्द भएको नेप्से, यस दिन भने नकारात्मक भएर बन्द भएको हो।

सोमबार नेप्से परिसूचक १.४६ अंक घटेर २७००.६५ विन्दुमा झरेको छ।नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। गत शुक्रबार ४ अर्ब ५३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा ३५३ स्टकको ९० हजार ८६२ पटकको कारोबारमा ४ अर्ब ४४ करोड ६५ लाख २० हजार रुपैयाँबराबरको ८१ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १।०१ प्रतिशत बढेको छ। अंकका आधारमा यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५६।२१ अंक घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सोपान फर्मास्यूटिकल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३७ करोड ४४ लाख ५६ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम साढे ३० करोड रुपैयाँ नाघेको छ भने करिब २९ करोड रुपैयाँको १०।२५ प्रतिशत एनबिबिएल डिबेञ्चर २०८५ कारोबार भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लागेको छ। यस दिन टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लागेको हो। यी दुबै कम्पनीहरुको गत शुक्रबार नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएका हुन्। त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ भने सोपान फर्मास्यूटिकल्सको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट