Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

उज्यालो नेपाल सिन्धुलीको अध्यक्षमा अविनास


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका युवा नेता अविनास वाइबा उज्यालो नेपाल पार्टी सिन्धुलीको अध्यक्षमा चयन भएका छन् । आज सम्पन्न जिल्ला अधिवेशनबाट वाइबाको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरिएको हो ।

अधिवेशनमा पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा पार्टी संगठन सुदृढीकरण, जनताका मुद्दा, सुशासन तथा विकासका विषयमा छलफल गरिएको थियो ।

नव निर्वाचित अध्यक्ष वाइबाले जिल्लामा पार्टीलाई थप सक्रिय, जनमुखी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । अधिवेशनमा विभिन्न तहका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट