११ महिनामा साढे एक खर्बको डिजेल आयात, ९० अर्बको क्रुड सोयाबिन तेल
काठमाडौं । ११ महिनाको अवधिमा साढे एक खर्बमाथिको डिजेल नेपाल भित्रिएको छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनसुार आर्थिक वर्ष २०८२र८३ को ११ महिनामा एक खर्ब ५२ अर्ब ६७ करोड ९८ लाख ८५ हजार रुपैयाँबराबरको डिजेल आयात भएको देखिन्छ ।
उक्त अवधिमा भारतबाट १२ लाख ६४ हजार ८७८ किलोलिटर डिजेल आयात भएको थियो ।
११ महिनामा अर्जेन्टिनाबाट ९० अर्ब ११ करोड ५५ लाख २० हजार क्रुड सोयाबिन तेल आयात भएको छ ।
यस्तै, भारतबाट ६८ अर्ब १७ करोड ८७ लाख ६८ हजार रुपैयाँबराबरको पेट्रोल आयात भएको छ । ११ महिनामा ६ लाख ८५ हजार १२७ किलोलिटर पेट्रोल आयात भएको तथ्यांक छ ।
भारतबाटै ५३ अर्ब ६९ करोड ९ लाख रुपैयाँबराबरको स्पन्ज आइरन आयात भएको छ । ११ महिनामा ५२ अर्ब २१ करोड ६६ लाख २२ हजार रुपैयाँबराबरको एलपी ग्यास आयात भएको तथ्यांक छ । नेपाल आयल निगमले भारतबाट ४७ करोड ५९ लाख ८० हजार ६९६ किलोग्राम ग्यास आयात गरेको छ ।
विभागका अनुसार, ११ महिनामा आयात १५।१६ प्रतिशतले बढेर १८ खर्ब ९४ अर्ब ९ करोड ८८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा आयात १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख रुपैयाँ रहेको थियो ।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया