Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

ह्वाइट हाउसमा गोली चल्यो, ट्रम्पलाई सुरक्षित स्थानमा सारियो


वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको एक उच्चस्तरीय रात्रिभोज कार्यक्रममा गोली चलेको आवाज सुनिएपछि भागदौड मच्चिएको छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै अमेरिकी गुप्तचर निकायले राष्ट्रपति ट्रम्पलाई तत्कालै सुरक्षित स्थानतर्फ सारेको छ।

प्राप्त जानकारी अनुसार, कार्यक्रम चलिरहेका बेला अचानक केही राउण्ड गोली चलेको आवाज सुनिएको थियो। लगत्तै, सुरक्षामा खटिएका एजेन्टहरूले ट्रम्पलाई घेरा हालेर मञ्चबाट सुरक्षित रूपमा बाहिर निकालेका थिए। गोलीको आवाजसँगै कार्यक्रमस्थलमा रहेका अतिथिहरूबीच केही बेर भागाभाग र त्रासको वातावरण सिर्जना भएको थियो।

घटनापछि सीक्रेट सर्भिसले उक्त स्थललाई तत्काल ‘लकडाउन’ गरेको छ। सुरक्षा निकायले घटनास्थलमा गोली प्रहार गर्ने व्यक्ति वा स्रोतको पहिचानका लागि विस्तृत अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक रिपोर्टहरूका अनुसार, ट्रम्प सुरक्षित रहेका छन् र उनलाई सुरक्षित स्थानतर्फ लगिएको छ।


क्याटेगोरी : अन्तराष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट