१६ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य १६ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ सय ४० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी प्रतितोला ४ हजार ५ सय ९० रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोल ४ हजार ७ सय ३० रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया