Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

२७ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य २७ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज २ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोलामा ५० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ४ हजार ९ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट