Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, कसरी हेर्ने नतिजा ?


काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको आईपीओ आज असार ११ गते बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँट गरिएको हो।

सर्वोत्तम पेन्ट्सको आईपीओ गते जेठ २८ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ५ हजार ५०० कित्ता शेयर बिक्री खुला गरिएको थियो। यो आईपीओमा २८ लाख ९४ हजार २३२ आवेदकबट कुल ३ करोड १० लाख ३३ हजार १८० कित्ता शेयर माग भएको थियो। जसमा २८ लाख ५० हजार २५ आवेदकबाट माग भएको ३ करोड ५ लाख २७ हजार ५४० कित्ता शेयर सदर भएको थियो। जसअनुसार ४४ हजार २०७ आवेदकबाट माग भएको ५ लाख ५ हजार ६४० कित्ता शेयर बदर भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी ७० हजार ५५० जनाले १० कित्ताका दरले शेयर पाएका छन्।

यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। नतिजा धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइटका साथै सीडीएससीको मेरो शेयर र iporesult.cdsc.com.np मा हेर्न सकिन्छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट