Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यका लागि २९५९ मत खस्यो, केहीबेरमा मतगणना


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्यका लागि २ हजार ९५९ मत खसेको छ । केहीबेर अघि रास्वपा केन्द्रीय सदस्यको मतदान सकिएको हो । अहिले मुचुल्काको काम भइरहेको जनाइएकोछ ।

केहीबेर पछि मतगणना सुरु गरिने बताइएको छ । केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक गरेपछि आजै पदाधिकारीको पनि मतदान गरिने जनाइएको छ ।

निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको आकलन गरिएको छ । गत ७ असारदेखि रास्वपाको महाधिवेशन जारी छ । चितवनको भरतपुरमा भएको महाधिवेशन अन्तर्गत सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।

विधान अनुसार, रास्वपामा १५८ जना केन्द्रीय सदस्य रहनेछन् । जसमध्ये ९९ जना निर्वाचित हुनेछन् भने ५१ जनालाई सभापति रवि लामिछानेले मनोनीत गर्नेछन् ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट