Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

रास्वपा महाधिवेशनको मतदान प्रणालीमाथि पत्रकार तथा सदस्य रजिब खत्रीको असन्तुष्टि


चितवन, असार ११ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेका बेला पार्टी सदस्य तथा पत्रकार रजिब खत्रीले मतदान प्रणालीप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्।

खत्रीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन्, “संसारमा यस्तो मतदान हुँदैन होला, जहाँ आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट दिनुपर्छ। No Vote को धज्जी।”

महाधिवेशनमा केन्द्रीय समितिका विभिन्न पदमा बहुपदिय निर्वाचन भइरहेको छ। निर्वाचन प्रक्रियामा प्रतिनिधिहरूले तोकिएको सङ्ख्यामा उम्मेदवारलाई मत दिनुपर्ने व्यवस्थाप्रति संकेत गर्दै खत्रीले उक्त टिप्पणी गरेको बुझिएको छ।

रास्वपाको पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया जारी रहेका बेला मतदान प्रणालीबारे पार्टीभित्रै फरक–फरक धारणा सार्वजनिक हुन थालेका छन्। खत्रीको टिप्पणीलाई पनि निर्वाचन प्रक्रियाप्रतिको असन्तुष्टि र सुधारको मागका रूपमा हेरिएको छ।

हालसम्म पार्टी नेतृत्व वा निर्वाचन आयोगले खत्रीको अभिव्यक्तिबारे कुनै प्रतिक्रिया दिएको छैन।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट