Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

साताको अन्तिम कारोबार दिन घट्यो नेप्से, कारोबार रकम ३ अर्ब ९४ करोड


काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। साताको पहिलो कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

शुक्रबार नेप्से परिसूचक २.०० अंक घटेर २६४९.५१ विन्दुमा झरेको छ। नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार २ अर्ब ८३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५९ स्टकको ३९ हजार ५४६ पटकको कारोबारमा ३ अर्ब ९४ करोड ५८ लाख ४ हजार रुपैयाँबराबरको ७७ लाख २७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १।०८ प्रतिशत बढेको छ। त्यस्तै, होटल तथा पर्यटन, जलविद्युत, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन सामान्य बढेको छ।

कारोबार रकमका आधारमा यस दिन ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चर २०८६/८७ शीर्ष स्थानमा रहेको छ। यस दिन ३३ करोड १६ लाख रुपैयाँभन्दा बढीको सो ऋणपत्र कारोबार भएको छ। त्यस्तै, यस दिन ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८४/८५ को साढे २८ करोड रुपैयाँभन्दा बढीको ऋणपत्र किनबेच भएको छ भने ८.५ प्रतिशत नेपाल बैंक डिबेञ्चर २०८७ को कारोबार रकम २२ करोड रुपैयाँ नाघेको छ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लागेको छ। यस दिन स्नो रिभर्स, टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लागेको हो। टक्सार पिखुवा खोला र याम्बालिङ्ग यस साताको पहिलो कारोबार दिनदेखि दोस्रो बजारमा कारोबारमा आएको हो भने स्नो रिभर्स आजदेखि कारोबारमा आएको कम्पनी हो।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट