Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

नेदरल्यान्ड्समा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोली घोषणा


काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–टु त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली घोषणा भएको छ । नेदरल्यान्ड्समा आउँदो जुलाई २१ देखि ३१ सम्म हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

यो शृङ्खलामा घरेलु टोली नेदरल्यान्ड्स, नेपाल र नामिबिया सहभागी छन् । उद्घाटन खेलमा नेपाल र नामिबिया खेल्नेछन् ।

८ वटा देश सहभागी लिग–टु तालिकामा नेपाल २४ अङ्कसहित पाँचौँ स्थानमा छ । यस्तै नेदरल्यान्ड्स ३२ अङ्कसहित तेस्रो र नामिबिया २२ अङ्कसहित सातौँ स्थानमा छ ।

यस्तो छ नेपाली टोली:

रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, ईशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन साउद र विनोद भण्डारी रहेका छन् । यस्तै वैकल्पिक खेलाडीमा सन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्री रहेका छन् ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट