विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै
फिफा विश्वकप २०२६ अन्तर्गत भोलि बिहान समूह चरणका अन्तिम खेलहरू हुँदैछन् । ९ समूहका खेलहरू सकिँदा २८ टोलीले नकआउट चरण अर्थात उत्कृष्ट ३२ मा स्थान पक्का गरिसकेका छन् । अब बाँकी ३ समूहका ६ खेल भोलि बिहान हुन लागेका हुन् ।
यी खेलहरूले नकआउट चरणमा पुग्ने बाँकी ४ टोलीको टुंगो लगाउनेछन् । भोलि बिहान पौने ३ बजे न्युजर्सी रंगशालामा समूह एलका पानामा र इङ्गल्याण्ड खेल्नेछन् । त्यही समयमा समुह एल कै क्रोएशिया र घाना फिलाडेल्फिया रंगशालामा खेल्दैछन् ।
यस्तै भोलि बिहान सवा ५ बजे समूह केका कोलम्बिया र पोर्चुगल मियामी रंगशालामा तथा डिआर कङ्गो र उज्बेकिस्तान एटलान्टा रंगशालामा खेल्नेछन् । भोलि बिहान पौने ८ बजे समूह जेका अल्जेरिया र अस्ट्रिया क्यान्सास सिटी रंगशालामा खेल्नेछन् भने त्यही समयमा अर्लिङटन रंगशालामा जोर्डन र अर्जेन्टिना खेल्दैछन् ।
भोलि बिहानका सबै खेल अमेरिकामा हुन लागेका हुन् । भोलि बिहान खेल्ने टोलीमध्ये कोलम्बिया र अर्जेन्टिना पहिले नै नकआउट चरणमा पुगिसकेका छन् । इङ्गल्याण्ड खेललाई बराबरीमा रोक्न सकेमा पनि नकआउन चरणमा पुग्छ । हारेमा पनि घानाको नतिजामा भर पर्छ । घाना र पोर्चुगलका लागि खेल ड्र भए पनि पुग्छ ।
क्रोयसियाले अघि बढ्न जित्नैपर्छ । अष्ट्रेलिया र अल्जेरियाले जित्नैपर्छ, वा ड्र र भाग्यको केही सुविधा पनि छ । यदि भोलि बिहानको खेलमा पोर्चुगलले हारेमा र आफुले जितेमा डिआर कंगो पनि नकआउट चरणमा पुग्न सक्छ ।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया