१३ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य १३ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार ३ सय रुपैयाँले बढेर ३ लाख ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी : अर्थ










प्रतिक्रिया