विश्वकपमा मेस्सीको खेल हेर्न अमेरिका पुगे अनमोल केसी
काठमाडौं । अभिनेता अनमोल केसी विश्वकप फुटबल हेर्न अमेरिका पुगेका छन्। नेपाली समयअनुसार आज बिहान भएको अर्जेन्टिना र जोर्डनबीचको खेल हेर्न उनी टेक्सासको ड्यालसस्थित रंगशालामा उपस्थित भएका थिए।
रंगशालामा बसेर खेल हेरेका उनले त्यहाँका तस्बिर र भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। एक भिडियोमा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी मैदानमा खेलिरहेको दृश्य देखिन्छ।
बाल्यकालदेखि नै मेस्सीका समर्थक रहेका अनमोलले आफ्नो मनपर्ने टोली र खेलाडीको समर्थनमा हुटिङ समेत गरेका थिए।
अमेरिका जानुअघि उनले सम्भव भएसम्म क्वार्टरफाइनलका अन्य खेल पनि हेर्ने योजना रहेको बताएका थिए।
करिब २० दिन अमेरिका बस्ने तयारी गरेका अनमोलले त्यहाँ जानुअघि ‘बाटुलो जून’ फिल्मको छायांकन सम्पन्न गरेका छन्। फर्किएपछि ‘ए मेरो हजुर ५’ को छायांकन सुरु गर्ने तयारी रहेको छ।
विशेषतः उनले ‘क्याप्टेन’ फिल्ममा फुटबल खेलाडीको भूमिका निर्वाह गरिसकेका छन्।
क्याटेगोरी : समाचार













प्रतिक्रिया