Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

१४ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य १४ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ८२ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८२ हजार ४ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी ४ हजार ३ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी ४ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको थियो।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट