सुकुम्बासीहरूलाई बलजफ्ती निकाले कार्य तत्काल बन्द हुनुपर्छ : नारायणकाजी श्रेष्ठ
नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीहरूको छिटोभन्दा छिटो वैज्ञानिक तथा मानवीय आधारमा उचित बसोबासको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले पुनर्वासको सुनिश्चितता नगरी सुकुमबासीलाई होल्डिङ सेन्टरबाट बलजफ्ती हटाउने कार्य तत्काल रोक्नुपर्ने बताएका हुन्।
श्रेष्ठले पुनर्वासको व्यवस्था नगरी सूचना, धम्की र चेतावनीमार्फत सुकुमबासीलाई हटाउने प्रयास नितान्त गलत र गैरजिम्मेवार भएको उल्लेख गरेका छन्। उचित पुनर्वासको व्यवस्था नभएसम्म बलपूर्वक हटाउने कार्य बन्द गर्नुपर्ने उनको माग छ।
उनले यस्तो कार्य नरोकिए त्यसको परिणाम गम्भीर हुन सक्ने चेतावनी पनि दिएका छन्।साथै, बालेन्द्र नेतृत्वको सरकारले नेपाली सेनासहित सुरक्षा फौज परिचालन गरी बल प्रयोगमार्फत अमानवीय ढंगले सुकुमबासीलाई हटाएको आरोप पनि श्रेष्ठले लगाएका छन्।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया