Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

अमेरिका र इरानबीच पछिल्लो तनाव कम गर्न दोहामा वार्ता हुने


काठमाडौं । तनाव कम गर्न अमेरिका–इरानबीच दोहामा भाेलि वार्ता हुने भएकाे छ । अमेरिका र इरानले पछिल्ला तनाव कम गर्दै पुराना विवाद समाधानका लागि पुनः वार्तामा बस्ने सहमति गरेका हुन् । दुवै देशबीच भाेलि मंगलबार कतारको राजधानी दोहामा उच्चस्तरीय बैठक बस्ने बताइएको सीएनएनले जनाएको छ ।

बैठकको मुख्य उद्देश्य होर्मुज जलमार्ग सम्बन्धी विवाद समाधान गर्नु रहेको छ । अधिकारीहरूका अनुसार दुवै पक्षले हालका लागि सबै प्रकारका सैन्य गतिविधि र आक्रमण रोक्ने सहमति गरेका छन् । अन्तर्राष्ट्रिय जलमार्गमा व्यापारिक जहाजहरूको आवागमन सुनिश्चित गर्न दुवै देश आफ्ना सैन्य गतिविधि सीमित गर्न तयार भएका छन् ।

 


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट