सामान्य अंक बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब ७४ करोड
काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार अन्तिम समयमा सकारात्मक भएर बन्द भएको नेप्से, यस दिन सामान्य अंक बढेर बन्द भएको हो।
सोमबार नेप्से परिसूचक ७.७३ अंक बढेर २७९६.४३ विन्दुमा पुगेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। गत शुक्रबार ५ अर्ब २७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५१ स्टकको ८१ हजार ६ पटकको कारोबारमा ४ अर्ब ७४ करोड ८८ लाख ९ हजार रुपैयाँबराबरको १ करोड ९ लाख २८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १।५२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक सर्वाधिक १।३९ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोड ७४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम २६ करोड रुपैयाँ नाघेको छ भने सोलु हाइड्रोपावरको करिब २४ करोड रुपैयाँको शेयर किनबेच भएको छ।
यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लागेको छ। यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट इण्डष्ट्रीज, शिखर पावर डेभलपमेन्ट र सिटि होटलको शेयर सकारात्मक सर्किट लागेको हो। त्यस्तै, यस दिन झापा इनर्जीको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ भने ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ।
क्याटेगोरी : अर्थ










प्रतिक्रिया