Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

लगातार सातौं दिन पनि घट्यो नेप्से, कारोबार रकम ३ अर्ब २५ करोड


काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला छ कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

मंगलबार नेप्से परिसूचक २४.६३ अंक घटेर २६०८.३३ विन्दुमा झरेको छ।नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार २ अर्ब ६७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३६५ स्टकको ७९ हजार २८६ पटकको कारोबारमा ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार रुपैयाँबराबरको ८७ लाख ३७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन पनि १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १।७४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सिद्धार्थ बैंक शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १३ करोड ३९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन टक्सार पिखुवा खोला हाइड्रोपावरको करिब साढे ११ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने याम्बालिङ्ग हाइड्रोपावरको कारोबार रकम करिब १० करोड रुपैयाँ पुगेको छ।

यस दिन स्नो रिभर्स लिमिटेडको शेयर सकारात्मक सर्किट लागेको छ। यस दिन सो कम्पनीको शेयरमूल्य ५९ रुपैयाँ २० पैसा बढेर ४५४ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य १३ प्रतिशतभन्दा बढी बढेको छ भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ११ प्रतिशत बढेको छ।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट