इरानले अमेरिकासँगको प्रत्यक्ष वार्ता अस्वीकार गर्यो
इरानले अमेरिकासँग कतारको दोहामा आउँदो प्रत्यक्ष वार्ताको दाबीलाई अस्वीकार गरेको छ । इरानले आउँदा दिनमा दुई देशबीच कुनै पनि स्तरमा वार्ता नहुने पुष्टि गर्दै विशेष प्रतिनिधिमण्डल सम्झौताको अनुगमन गर्न दोहा जाने बताएको समाचार संस्था एएनलाईले जनाएको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले नयाँ राजनीतिक वार्ता शुरू गर्नुको सट्टा विद्यमान समझदारीको प्राविधिक कार्यान्वयनलाई कडाइका साथ प्राथमिकता दिएको उल्लेख गरे ।
सम्झौता अनुरूप अमेरिकाले इरानी तेल बिक्रीलाई सहज बनाउन आवश्यक अनुमतिहरू जारी गरिसकेको पुष्टि गर्दै बाघाईले इरानले सम्झौताको अनुच्छेद–११ मा ध्यान केन्द्रित गरी ती अनुमतिहरूको व्यावहारिक कार्यान्वयनलाई पछ्याइरहेको बताएका छन् । यसले इरानको वित्तीय सम्पत्तिहरूको व्यवस्थापन र नियन्त्रण गर्दछ ।
हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोहामा आज इरानसँग उच्चस्तरीय कूटनीतिक वार्ता हुने घोषणा गरेपछि अमेरिकी विशेष दूत स्टिभ विटकोफ कतार जाँदै गर्दा इरानी विदेश मन्त्रालयका प्रवक्ताको यस्तो टिप्पणी आएको हो ।
यसैबीच इरानका राष्ट्रपति मसूद पेजेस्कियनले अमेरिकाले जवाफ दिएमा इरानले पनि आफ्नो प्रतिबद्धतालाई मूर्तरूप दिने बताएका छन् । अमेरिकी पक्षले सम्झौताको पालना गरे आफूहरू पनि सम्झौताप्रति प्रतिबद्ध रहेको उनको भनाइ छ ।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया