Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी ४ हजार २ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी ४ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट