गगन थापालाई पत्र लेखेर धनकुटाका १९ जनाले छोडे कांग्रेस
काठमाडौं । धनकुटाका १९ जना नेपाली कांग्रेसका सदस्यहरूले केन्द्रीय सभापति गगनकुमार थापालाई पत्र लेखेर पार्टीबाट अलग भएको घोषणा गरेका छन् । संविधानसभा सदस्य अञ्जना ताम्लीसहित १९ जनाले साधारण सदस्यसमेत नरहने गरी कांग्रेस पार्टी परित्याग गरेका हुन् ।
पार्टी छाड्नेहरूमा कोशी प्रदेश सदस्य मीना राई, क्षेत्रीय सदस्य युवेन तुम्बा, क्षेत्रीय प्रतिनिधि राजकुमारी राई छन् ।
पार्टी भित्र वैचारिक मतभेद रहेको र काम गर्ने वातावरण नभएको उनीहरूले लेखेका छन् । पार्टी परित्याग गरेका नेताहरूले अबको यात्राबारे केही सार्वजनिक गरेका छैनन् ।


क्याटेगोरी : राजनीति













प्रतिक्रिया