सरकारलाई लाइफभन्दा लाइकको चिन्ता छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकार नागरिकको जीवन (लाइफ)भन्दा लाइक (लोकप्रियता)मा लागेको टिप्पणी गरेका छन् ।
वालेन्द्र शाह नेतृत्वको सरकारका १०० दिनबारे आइतबार पार्टी मुख्यालय सानेपामा भएको समीक्षात्मक कार्यक्रममा सभापति थापाले सो कुरा बताएका हुन् ।
‘यो सरकारलाई लाइफभन्दा लाइकको चिन्ता छ, त्यसैमा लागेको छ । भूमिहिनहरूको समस्या कानुन बनाएर समाधान गरेको भए सामाजिक सञ्जालमा लाइक चाहिँ आउँदैन्थ्यो, त्यसैले सुकुम्बासी बस्तीमा डोजर चलाइयो,’ उनले भने ।
सभापति थापाले बालुवाटारबाटभन्दा सिंहदरबारबाट शासन गरेको भन्दै प्रधानमन्त्रीको प्रशंसा गरेका छन् ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया