२६ अंकले घट्यो नेप्से, कारोबार रकम ६ अर्ब ५३ करोड
काठमाडौं । मंगलबार नेप्से परिसूचकमा ठूलो गिरावट भएर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार पनि बजार सामान्य सकारात्मक भएर बन्द भएको नेप्से, यस दिन दोहोरो अंकको गिरावट भएर बन्द भएको हो।
मंगलबार नेप्से परिसूचक २६.१६ अंक घटेर २७७०.२६ विन्दुमा झरेको छ।नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। मंगलबारको बजारमा कारोबारमा आएका २६९ कम्पनीको एक करोड ४० लाख १८ हजार ९२० कित्ता शेयर ६ अर्ब ५३ करोड १७ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ । सोमबारको बजारमा चार अर्ब ७४ करोड ८८ लाख ९ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियो ।
१३ उपसमूहमध्येमा अन्य उपसमूहको परिसूचक मात्रै सामान्य अंकले सकारात्मक भएर बन्द भएको छ । बाँकी १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल उप समूहको सूचक सर्वाधिक २।५६ प्रतिशत घटेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २।४६ प्रतिशतले घटेको हो । त्यस्तै, यस दिन विकास बैंक र जविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन पाल्पा सिमेन्टको सबैभन्दा धेरै रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यस कम्पनीको ५८ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै रिलायन्स स्पिनिङ्ग मिल्सको ३४ करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भएको छ।
यस दिन करोबारमा आएका स्टकहरु मध्येमा डिबेञ्चरहरुको मूल्य सर्वाधिक बढेको देखिन्छ । जसमा हिमालयन बैंक लिमिटेड बन्ड, २०८६ को मूल्य सर्वाधिक बढेको छ । डिबेञ्चरको मूल्य ६ प्रतिशतले बढेर कारोबार भएको हो। त्यसैगरी शाईन रेसुङ्गा डिबेञ्चरको मूल्य ३.४० प्रतिशतले बढेर कारोबार भएको छ।
क्याटेगोरी : अर्थ










प्रतिक्रिया