Techie IT
KTM Post
सोमबार, २२ असार, २०८३

एनपीएलसँग टाइटल स्पोन्सर सम्झौता


काठमाडौं। एग्रो बाई फुड्स प्रालिद्वारा उत्पादित एक्सट्रिम इनर्जी ड्रिंक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि ६ वटा फ्रेन्चाइज टोलीसँग टाइटल स्पोन्सर सम्झौता गरेको छ।

काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीले काठमाडौं गोर्खाज, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग तीन वर्षे सम्झौता गरेको हो।

सम्झौताअनुसार यी टोलीका खेलाडीको जर्सीको अगाडिको भागमा एक्सट्रिम इनर्जी ड्रिंक्सको लोगो रहनेछ।

नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले एउटै ब्रान्डले ६ टोलीलाई प्रायोजन गर्नु नेपाली क्रिकेटका लागि नयाँ उपलब्धि भएको बताएका छन्।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट