कांग्रेस इतर समूहले बीपी स्मृति दिवस छुट्टै मनाउने
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले साउन ६ गते बीपी स्मृति दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ । इतर पक्षको सोमबार बसेको विस्तारित बैठकले काठमाडौंमै ऐतिहासिक बीपी स्मृति दिवस मनाउने निर्णय गरेको नेता मीन विश्वकर्माले बताए ।
उनले भने, “हामी काठमाडौंमै बीपी स्मृति दिवस मनाउने छौँ । समय र स्थान भने भोलिको बैठकले तय गर्नेछ । भोलिकै बैठकले १५औँ महाधिवेशनको कार्यतालिका र यो सम्पर्क कार्यालयबाट हुने गतिविधिहरू कसरी अगाडि बढ्छ भन्ने बारेमा पनि निष्कर्ष निकाल्छौँ ।”
सोमबार बसेको बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध नेता, कार्यकर्ताको उपस्थिति थियो ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया