Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

संसद् अधिवेशन तत्काल बोलाउन सरकारसँग नेकपाको माग


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी नेकपाले संसद् अधिवेशन अन्त्य गरी सरकारले अध्यादेश ल्याउन राष्ट्रपति समक्ष सिफारिस गरेकोमा असन्तुष्टि जनाएको छ। मङ्गलबार केन्द्रीय कार्यालय पेरिसडाडामा सम्पन्न केन्द्रीय संयोजन समिति बैठकले तत्काल संसद्को अधिवेशन बोलाउन आग्रह गरेको हो।

आफैँले आह्वान गरेको संसद् अधिवेशन आकस्मिक रूपमा स्थगित गरेर अध्यादेश अगाडि बढाउनु संसद्लाई छल्ने सरकारको गैर–लोकतान्त्रिक कार्यको विरोध गर्दै यो बैठक तत्काल संसद्को बैठक आह्वान गर्न माग गर्दछ’, नेकपाले भनेको छ। साथै सङ्घीय निजामती, विद्यालय शिक्षा लगायतका कानुन निर्माणमा सरोकारवाला पक्षका आवाज सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट