Techie IT
KTM Post
मंगलबार, २३ असार, २०८३

१४ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य १४ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यता, आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी प्रतितोला ४ हजार ५ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी ४ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट