Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

तमिलनाडुमा सरकार बनाउन विजय थलापतिको पार्टीलाई वामपन्थी दलको समर्थन


काठमाडौं । भारतको तमिलनाडु राज्यमा सरकार गठन गर्न अभिनेताबाट राजनीतिज्ञ बनेका विजय थलापतिको पार्टी टीभीकेले बहुमत जुटाएको छ । राज्यका वामपन्थी दलहरू सीपीआई र सीपीआई एमले उनलाई सरकार बनाउन निशर्त समर्थन दिने घोषणा गरेका छन् ।

सीपीआई एमका राज्य सचिव टीटी शनमुगमले भीसीके पार्टीले पनि थलापतिको पार्टी टीभीकेलाई आफ्नो समर्थन दिने बताए । भीसीकेको समर्थन प्राप्त भएको खण्डमा थलापतिको पार्टी टीभीकेको बहुमतको आँकडासम्म पुग्नेछ ।

यो सँगै फिल्म सुपरस्टार विजयले तेस्रोपटक राज्यपालसमक्ष बहुमतको दाबी पेस गरेका छन् । थलापतिको पार्टी टीभीकेले हालैको चुनावमा १०८ सिट जितेको थियो । बहुमत जुटाउन आँकडा ११८ सिट पुर्‍याउनुपर्छ ।

स्रोतका अनुसार उनको टीभीके पार्टीलाई स्पष्ट रूपमा ११८ विधायकहरूको समर्थन प्राप्त भएको छ, जुन राज्यमा सरकार बनाउन आवश्यक पर्ने सिट संख्या हो । पाँच विधायक भएको कांग्रेसको समर्थन पाएपछि पनि टीभीके बहुमतबाट टाढा थियो । अब सीपीआई र सीपीआई एम र भीसीकेको साथ पाएपछि टीभीकेले बहुमत हासिल गर्नेछ । यी तीनै पार्टीका विधानसभामा दुई–दुई गरी कुल ६ जना विधायक छन् । उनको शपथग्रहण समारोह भोलि बिहान ११ बजे आयोजना गरिने बताइएको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट