Techie IT
KTM Post
बुधबार, ३० वैशाख, २०८३

रास्वपाको महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको छ । आज बिहान बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।

यसअघि सभापति रवि लामिछानेले असार ६, ७ र ८ गते गर्ने प्रस्ताव गरेका थिए । तर असार ७, ८ र ९ गते चितवनमा पहिलो महाधिवेशन गर्ने निर्णय भएको नेता गणेश पराजुलीले फेसबुकमा लेखेका छन् ।

आगामी महाधिवेशन र विविध एजेण्डामा छलफल गर्न पार्टी कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक आयोजना गरिएको छ ।

यसअघि रास्वपाले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो । त्यसअनुसार भदौभित्र महाधिवेशन गरिसक्नुपर्ने हुन्थ्यो । रास्वपा २०७९ सालमा गठन भएको थियो ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट