बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार ७ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ५ हजार ७ सय १० रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया