डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढ्यो, अव कति पर्छ ?
काठमाडौं । डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेको छ । मध्यपुर्वमा युद्वका कारण अन्तर्राष्ट्रिय वजारमा मुल्य बढेर घाटा भएको भन्दै नेपाल आयल निगमले आज बिहानदेखि लागू हुने गरी मूल्यवृद्धि गरेको हो ।
निगमले राती अवेर सार्वजनिक गरेको सूचना अनुसार डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ३० रूपैयाँले वृद्धि भएको छ । यस्तै, हवाई इन्धन आन्तरिकतर्फ लिटरमा पाँच रूपैयाँले वृद्धि भएको निगमले जनाएको छ ।
मुल्य बढेपछि अव डिजेल र मट्टितेलको मुल्य काठमाडौमा दुुई सय ३७ रुपैया पुुगेको छ । त्यसैगरी हवाई हन्धननको मुल्य दुुई सय ६२ रुपैया कायम भएको निगमका प्रबक्ता मनोज ठाकुरले बताए । पेट्रोल, ग्यास र अन्तर्राष्ट्रिय हवाई इन्धनको मुल्य भने यथावत रहेको छ ।
क्याटेगोरी : अर्थ










प्रतिक्रिया