Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

३ कम्पनीले पाए आईपीओ निष्काशनको अनुमति


काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट ३ कम्पनीले आईपीओ निष्कासन गर्ने अनुमति पाएका छन्।

धितोपत्र बोर्डबाट एभरेष्ट कलर, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजले आईपीओ ल्याउने अनुमति पाएका हुन्। धितोपत्र बोर्डबाट अनुमति पाएमा यी ३ वटै कम्पनीले आइपीओ ल्याउनेछन्।

एभरेष्ट कलरले १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ९० हजार कित्ता साधारण शेयर जारी गर्नेछ। यो आईपीओको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

यसैगरी माउन्ट एभरेष्ट पावरले १०० रुपैयाँ अंकित दरका कुल २५ लाख ८० कित्ता आइपीओ ल्याउने अनुमति पाएको छ। यो आईपीओको बिक्री प्रबन्धकमा एनआईएमबी क्यापिटल रहेको छ।

त्यस्तै सर्वोत्तम पेन्ट्सले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख ५० हजार कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको छ। यो आईपीओको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट