३३ अंक घट्यो नेप्से, कारोबार रकम ९ अर्ब ३१ करोड
काठमाडौं । बिहीबार नेप्स परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ३३ अंक बढेर बन्द भएको नेप्से, यस दिन ३३ अंक नै घटेर बन्द भएको छ।
यस दिन नेप्से परिसूचक ३३.८३ अंक घटेर २८३३.०३ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। बुधबार १० अर्ब ५३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४२ स्टकको १ लाख ११ हजार ६०७ पटकको कारोबारमा ९ अर्ब ३१ करोड २८ लाख ६० हजार रुपैयाँबराबरको २ करोड ७ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक १।९८ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६१ करोड ८० लाख ४३ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेशनल हाइड्रोपावरको साढे ५५ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम साढे ५१ करोड रुपैयाँ नाघेको छ।
यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लागेको छ। यस दिन रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लागेको हो। यस दिन मूल्य बढेका अन्य स्टकहरुको वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।
क्याटेगोरी : अर्थ










प्रतिक्रिया