Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि


काठमाडौं । बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । वर्षे अधिवेशन आगामी आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहने छ ।

आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले आफ्ना धारणा राख्ने कार्यसूची रहेको जनाइएको छ ।

बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १८३ को उपदफा १ बमोजिम प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गरेका थिए ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट