Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

चिनियाँ मुद्रा तीन वर्षयताकै बलियो


काठमाडौं । अमेरिकी डलरको तुलनामा चीनको मुद्रा युआन तीन वर्षयताकै सबैभन्दा बलियो विन्दुमा पुगेको छ। अमेरिका र इरानबीच सम्भावित सम्झौता र होर्मुजलाई पुनः खोल्ने आशाले युआन तीन वर्षयताकै सबैभन्दा बलियो विन्दुमा पुगेको हो ।

चीनको मुद्रा युआन अमेरिकी डलरको तुलनामा प्रति डलर ६.७८ युआनको स्तरमा पुगेको छ, जुन फेब्रुअरी २०२३ पछिको सबैभन्दा बलियो स्तर हो।

रोयटर्सको रिपोर्टका अनुसार बजारले अपेक्षा गरेको छ कि यदि स्ट्रेट अफ होर्मुज खुल्यो भने, तेल र ग्यासको आपूर्ति सामान्य हुन थाल्छ। यसले विश्वभरका बजारहरूमा तनाव कम गर्न सक्छ।


क्याटेगोरी : अन्तराष्ट्रिय, अर्थ

प्रतिक्रिया


ताजा अपडेट