Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

प्रतिनिधिसभा नियमावली मस्यौदामा संशोधन दर्ता गर्ने ३५ सांसद को–को हुन् ?


काठमाडौं । ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि ३५ जना सांसदले संशोधन प्रस्ताव दर्ता गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुली सभापति रहेको समितिले प्रतिनिधिसभामा पेस गरेको मस्यौदामाथि विभिन्न दलका सांसदहरूले व्यक्तिगत तथा सामूहिक रूपमा संशोधन प्रस्ताव दर्ता गराएका हुन्।

मस्यौदाका विभिन्न प्रावधानमा परिमार्जन आवश्यक रहेको भन्दै सांसदहरूले सुधारका सुझावसहित संशोधन पेश गरेका छन्। सत्तारुढ दल रास्वपाकै सांसदहरू विपिन आचार्य, सागर ढकाल, भरत गिरी र शम्भुप्रसाद ढकालले समेत संशोधन प्रस्ताव दर्ता गराएका छन्।

संशोधन दर्ता गर्ने सांसदहरूमा नरेन्द्रकुमार केरुङ, भरतबहादुर खड्का र हर्कराज राई पनि छन्। हर्कराज राईले राधिका रम्तेल, पूर्णप्रसाद लिम्बु र आरेन राईसँग संयुक्त रूपमा छुट्टाछुट्टै संशोधन प्रस्ताव दर्ता गराएका छन् भने आरेन राईले व्यक्तिगत रूपमा पनि प्रस्ताव पेश गरेका छन्।

त्यस्तै महेन्द्रबहादुर शाही, गणेशबहादुर विश्वकर्मा, डा. प्रमिलाकुमारी गच्छदार, गीता गुरुङ, रीना उप्रेती (केसी), सुशीला ढकाल (आचार्य), सरस्वती लामा, ताहीर अलि भाट र मातृका प्रसाद यादवले पनि संशोधन दर्ता गरेका छन्।

गङ्गालक्ष्मी अवाल, पार्वती विक, गोपाल शर्मा, कमल सुबेदी, विष्णुमाया विक, यज्ञबहादुर बोगटी, गङ्गादेवी श्रेष्ठ, साजिदा खातुन सिद्धिकी, टुकाभद्रा हमाल, यशोदाकुमारी बराल र भूमिका लिम्बु सुब्बाले पनि नियमावली परिमार्जनका लागि प्रस्ताव पेश गरेका छन्।

यस्तै निता घतानी, कृपाराम राना, लक्ष्मीप्रसाद पोखरेल, गुरुप्रसाद बराल, क्षितिज थेबे र कुलभक्त शाक्यले पनि संशोधन दर्ता गराएका छन्। संसद् सचिवालयको विधेयक शाखाका उपसचिव त्रिविक्रम ज्ञवालीका अनुसार सागर ढकाल र विपिन कुमार आचार्यले संयुक्त रूपमा पनि संशोधनको सूचना दिएका छन्।

दर्ता भएका संशोधन प्रस्तावमाथि अब प्रतिनिधिसभामा दफावार छलफल हुने छ। सदनबाट पारित भएपछि मात्र नयाँ नियमावलीले अन्तिम रूप पाउनेछ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट