Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

आज सुनको भाउ ३ हजार रुपैयाँले घट्यो


काठमाण्डौ । सुनको भाउ आज ३ हजार रुपैयाँले घटेको छ । आज तोलाको २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउँ तोलाको ३ लाख २ हजार ८०० रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज १२० रुपैयाँले घटेर तोलाको ५ हजार १३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदी हिजो तोलाको ५ हजार २५० रुपैयाँ थियो ।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट