Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर


काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रमा कार्यरत नर्सहरूको रात्रिकालीन ड्युटी भत्ता दोब्बर बनाउने घोषणा गरेको छ।
शुक्रबार संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नर्सहरूको सेवा–सुविधा विस्तारअन्तर्गत रात्रि ड्युटी भत्ता वृद्धि गरिएको जानकारी दिएका हुन्।
त्यसैगरी, महिला स्वास्थ्य स्वयंसेविकालाई उपलब्ध गराइने यातायात खर्चमा पनि ५० प्रतिशत वृद्धि गरिने बजेटमा उल्लेख छ।
सरकारले स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा स्वास्थ्यकर्मीको मनोबल बढाउन यस्तो व्यवस्था गरिएको जनाएको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट