Techie IT
KTM Post
मंगलबार, १९ जेठ, २०८३

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक


काठमाडौं । कान्तिपुर थिएटरमा आजदेखि नाटक ‘महाभारत’को नियमित मञ्चन सुरु भएको छ।
कान्तिपुर फिल्म एकेडेमीको थिएटरमा प्रस्तुत गरिएको यस नाटकमार्फत हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल पहिलो पटक रंगमञ्चमा देखिएका छन्। कलाकार तथा निर्देशक रमेश बुढाथोकी र सुवर्ण थापाको अभिनयले पनि नाटकप्रति दर्शकको चासो बढाएको छ।
नाटकमा सन्दीप श्रेष्ठ, प्रतिक चौधरी, सुपज्ञा शर्मालगायत २० भन्दा बढी कलाकारको अभिनय रहेको छ।
भारतीय लेखक कुलदीप कुणालद्वारा लिखित नाटकलाई नवीन भट्टले नेपाली परिवेशअनुसार रूपान्तरण गर्दै निर्देशन गरेका हुन्। नाटकको अनुवाद प्रकाश दाहालले गरेका छन्।
यसैगरी, सेट डिजाइन तुफान थापा, लाइट डिजाइन दीपेश गजुरेल, संगीत संयोजन तथा गायन अनुप तिमिल्सिना, कोरियोग्राफी अनिष क्षेत्री तथा निर्माण व्यवस्थापन रमेश पुरीले सम्हालेका छन्।
कान्तिपुर थिएटरका अनुसार नाटकले समकालीन समाजलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्ने प्रयास गरेको छ।


क्याटेगोरी : मनोरञ्जन

प्रतिक्रिया


ताजा अपडेट