Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

‘रोल नं १’ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट ?


काठमाडौँ । चलचित्र ‘रोल नं १’ अब दर्शकले आधा मूल्यमै हेर्न पाउने भएका छन् । निर्माण पक्षले आफ्नो चलचित्रको टिकटमा ५० प्रतिशत मूल्य छुट गरेर बिक्री गर्ने निर्णय गरेको छ ।

यो निर्णयसँगै अब ‘रोल नं १’ टिकटको मूल्यमा हरेक दर्शकले ५० प्रतिशत छुट पाउनेछन् । जस्तै चार सय रुपैयाँ पर्ने टिकट अब २०० रुपैयाँमा अथवा ३०० रुपैयाँमा टिकट मूल्य रहेका हलमा १५० मा पाइनेछ ।

विद्यार्थी र अभिभावकले चलचित्रको टिकटको मूल्य घटाउन गरेको आग्रह अनुसार हरेक हलका हरेक शोमा टिकट मूल्यमा ५० प्रतिशत छुट दिइएको निर्माता विनोद पौडेलले जानकारी दिए ।

शिक्षा प्रणाली, विद्यार्थीको मानसिक दबाब, अभिभावकको संघर्ष र जीवनका यथार्थ कथा चलचित्र ‘रोल नं. १’ले उठाएको निर्माता पौडेलले बताएका छन् । सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो फिल्मलाई जोन योञ्जनले निर्देशन गरेका हुन् ।

स्कुल, अभिभावक र विद्यार्थीको विशेष अनुरोधलाइ अब सेभेन सिज सिनेमाले चलचित्र रोल नं. १ को टिकटमा ५० प्रतिशत छुट प्रदान गरेको छ ।नेपालभरका सहभागी सिनेमाघरमा ५० प्रतिशत छुट लागु भइसकेको छ ।

फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । बालकलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको फिल्मको सह-निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । पटकथा महेश दवाडीले लेखेका हुन् । शिवराम श्रेष्ठको छायांकन रहेको यो फिल्मम प्रशान्त शिवाकोटीको संगीत र मदन घिमिरेको सम्पादन छ ।


क्याटेगोरी : मनोरञ्जन, समाचार

प्रतिक्रिया


ताजा अपडेट